बुटवल।
बुटवल उपमहानगरपालिकाका २४ सहित रुपन्देहीमा बुधबार थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँँगैै रुपन्देहीमा कोेरोेना संक्रमितको कुल संख्या १ हजार ८ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित रुपन्देहीमा बुधबार ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
बुधबार रुपन्देहीको सैनामैना नगरपालिकाका ६ जना,सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकाका ४ जना र सियारी गाँउपालिकाका १ जना गरी ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लामा १ हजार १ सय जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर घर फर्कीएका छन भने २० जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।
रुपन्देहीमा हाल ७ सय ४१ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्