रुपन्देही
रुपन्देहीको रोहिणी गाउँपालिकामा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लगायत विभिन्न पार्टी परित्याग गरी ६९ जना जनता समाजवादी पार्टी नेपाल ९जसपा०मा प्रवेश गरेका छन् । रोहिणी गाउपालिका वडा नम्बर ३ परासीझुंगाको दक्षीण टोलमा आज भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६९ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।
उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, महेन्द्र गुप्ता प्रशान्त, विजय बहादुर सिंह थारु, रामधर हरिजन, रोहित सहानी लगायतले पार्टीमा प्रवेश गराउनु भएको युवा नेता विद्या यादवले जानकारी दिनु भयो ।
यस्तै गरि आज शनिबार रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुंगाको दक्षीण टोलामा सारदा हरिजनको अध्यक्षतामा एक सय एक जना सदस्य रहने गरी टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा मिना हरिजन , पावन्ती हरिजन , कौसेलेन्दर गुप्ता, सकुन्तला हरिजन,धुर्ब बिक ,प्रभावी घर्ती,सचिवमा बालती बिक, सह–सचिवमा इसा हरिजन ,कोषाध्यक्षमा सिता घर्ती रहनु भएको युवा नेता यादवले जानकारी दिनु भयो ।
प्रकाशित मिति : शनिबार, असोज ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्