काठमाण्डौ – आज सामाजिक सेवा दिवस ‘सामाजिक क्षेत्र स् राष्ट्रिय गौरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ मनाइँदैछ ।
४१ औं सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको समाज कल्याण परिषद्ले जनाएको छ । समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषद्ले विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितिमा दिवस मनाउने गरेको छ ।
कोरोना महामारी तथा सङक्रमण जोखिमको यो बेला अप्ठ्यारोमा परेकालाई सहयोग तथा स्वास्थ्यकर्मीमाथि हुँदै आएका व्यवहार परिर्वतनमा जुट्न दिवस केन्द्रित गरिएको छ ।
२०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिन पारेर यो दिवस मनाउने गरिन्छ । समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माणका कार्यहरूसँग जोडेर समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई जीवनयापन गर्न सक्षम बनाउन समाज कल्याण परिषद् गठन गरिएको हो ।
समाज सेवाको क्षेत्रमा उत्कृष्ठ सेवा गर्नेलाई तुलसी मेहर समाज सेवा पुरस्कार र समाजसेवी पुरस्कार प्रदान गर्ने पनि परिषद्ले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्