गुल्मी ।
पहिरोमा परेर बेपत्ता भएका गुल्मीका दुईजनाको शव फेला परेको छ । सोमबार राति करिब ८ बजे इश्मा गाउँपालिका–२ छल्दीपनाहा रातडाँडा सडकमा पहिरोमा पुरिएका इश्मा–२ स्यालाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ६ वर्षीय सफल कुमालको शेव फेला परेको छ ।
प्रेमबहादुरको सडकदेखि ५० मिटर तल मंगलबार बिहान शब फेला परेको हो । सफलको बिहान करिब १० बजे सोही स्थानमै शव फेला परेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
उनीहरु पैदल हिँडिरहेका बेला सडकमाथिबाट झरेको पहिरोले पुरेको बताइएको छ । दुवै शवलाई पोष्टमार्टमका लागि तम्घास अस्पताल गुल्मीमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्