३७ केजी चरेस सहित दुई जना महिला इलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा

३७ केजी चरेस सहित दुई जना महिला इलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा

कृष्णनगर-कपिलवस्तु प्रहरीले ३७ केजी चरेस सहित कपिलवस्तुको कृष्णनगरमा दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।
बुधबार दिउसो कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्क नजिक स्तिथ शान्ति पुनर्स्थापना गृहको सहयोगमा शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा सो परिमाणको चरेस सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको टोलीले शंका लागी निगरानी गर्दै गर्दा कृष्णनगरको भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० बर्षिय शान्ति तामाङ्ग र साबिक जिल्ला दाङ त्रि. न. न. पा. ७ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९ बनियाभार बस्ने ३५ बर्षिय बसन्ती घर्तिलाई प्रहरीले चरेस सहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले गुडाउने लगेज र ग्यास सिलिण्डरमा चेकजाँच गर्दा तल पिधमा प्वाल पारी लुकाएको सो परिमाणको चरेस बरामद भएको हो । चरेस सहित सहित नियन्त्रणमा लिईएका महिलालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखी अन्य थप अनुसन्धान अघि बढाईएको र लागु औषध नियन्त्रण ऐन (२०३३) अन्तर्गत मुद्दा चलाईने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रताप पौडेल ले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij