बुटवल ।
प्रदेश ५ को प्रदेश सभामा मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको सुरुवात भएको छ ।धेरै अघिदेखि प्रदेश सभा सदस्यहरुले उठाएका मागको सम्त्रोधन गर्दै प्रदेश सभा सचिवालयले बुधबारदेखी मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको सुरुवात गरेको हो ।
प्रदेश ५ प्रदेश सभामा बुधबारदेखि सुरु भएको पहिलो प्रश्नोत्तर कार्यक्रममा सहभागि हुँदै प्रदेशसभा सदस्य कल्पना पाण्डेले स्थानीय तहसँगको सहकार्यमा गरिएको क्वारेन्टाइन र आइसोलेसन केन्द्र को खर्च र हालको अवस्था बारे मुख्यमन्त्री शंकर पोखरेलसँग जिज्ञासा राखेकी थिइन् ।
सबै पालिकाहरुमा बहुउदेस्सीय सभा हल निर्माण गर्ने प्रदेश सरकारको योजना कार्यान्वयनबारे समेत उनले मुख्यमन्त्री पोखरेलसँग जिज्ञासा राखेकी थिइन् ।
प्रदेश सभा सदस्य पाण्डेले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलल स्थानीय तहसँगको सहकार्यमा प्रदेश सरकारले क्वारेन्टाइन र आइसोलेसन केन्द्र निर्माण तथा व्यवस्थापन गरेको बताउदै सबै पालिकाबाट खर्चको बिबरण प्राप्त नभएको जानकारी गराए ।
मुख्यमन्त्री पोखरेलले सबै पालिकाहरुमा बहुउदेस्सीय हभा हल निर्माणका लागि प्रति पालिका ६० लाख देखि १ करोड २० लाख सम्म रकम उपलब्ध गराउने प्रदेश सरकारको योजना अनुरुप ३६ वटा सभा हल निर्माण भएको २२ वटा निर्माणाधीन अवस्थामा रहेको र १४ पालिकाहरुले जग्गा प्राप्तिको प्रक्रिया पुरा गर्न नसकेकोले रोकिएको जानकारी गराए ।
उनले प्रदेश सभामा सुरुवात भएको प्रश्नोत्तर कार्यक्रमले सरकार र प्रदेश सभा सदस्यहरुबीचको दुरी कम हुने विस्वास व्यक्त गरे ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्