कोइली नदीमा वेपत्तामध्ये थप एक जनाको शव फेला

कोइली नदीमा वेपत्तामध्ये थप एक जनाको शव फेला

कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली नदीमा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ ।

विहानैबाट वेपत्ताहरुको खोेजीमा रहनु भएका शशष्त्र प्रहरी बल पिपराका इन्स्पेक्टर अर्जुन ढकालका अनुसार अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो ।

खोजी गर्ने क्रममा वडा नम्बर ६ सुठौलीस्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको ढकालले बताउनु भयो । मध्यान्ह साढे १२ बजेतिर क्षेत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको ढकालले बताउनु भयो ।

वेपत्तामध्ये विद्यूत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको शव अझैसम्म भेटिएको छैन । उहाँको पनि खोजी भइरहेको र साँझसम्म फेला पारिने ढकालको दाबी छ ।

भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले जिप बगाउँदा ३ जना वेपत्ता भएका थिए । त्यसमध्ये जिप चालक माधव प्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो ।

अहिले पनि शशष्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका तिनचार टोली खोजी कार्यमा लागिरहेका छन् ।

प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij