काठमाण्डौ्
सर्वोच्च अदालतले गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले मङ्गलबार विपक्षीलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि असोज १४ गते बोलाउने आदेश दिएको हो ।
गोरखापत्रकी प्रबन्ध सम्पादक हरिकला अधिकारीले पत्रकारिता सेवामा आफू ११ तहको हुँदाहुँदै आफूभन्दा कनिष्ठ तह १० को दरबन्दीमा रहेका श्रीधर आचार्यलाई निमित्त प्रधान सम्पादक बनाएको भनी सर्वोच्च अदालतमा गएको भदौ ३१ मा उत्प्रेषणयुक्त परमादेशको लागि रिट दायर गर्नुभएको थियो ।
आचार्य निमित्त प्रधान सम्पादक नियुक्त भएलगत्तै तह–१० मा उहाँभन्दा वरिष्ठ अच्युत अधिकारीले पदबाट राजीनामा दिनुभएको थियो ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्