ललितपुर – ललितपुर महानगरपालिकाले जाँड रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन थालेको छ । शुक्रबारदेखि अभियान नै चलाएर होर्डिङ बोर्ड हटाउन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो ।
‘ललितपुरलाई सफा र स्वच्छ बनाउन जाँड, रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन सुरु भइसकेको छ, केही दिनमा यो अभियान सकिने छ’, उहाँले भन्नुभयो ।
यसअघि ललितपुर महानगरपालिकाका सडक पेटी अतिक्रणविरुद्धको अभियान चलाइएको थियो । फुटपाथ कब्जा गरी सञ्चालन भइरहेका व्यापार, व्यवसाय हटाएर समग्र फुटपाथ व्यवस्थापन गर्ने तयारी भएको नगर प्रहरी बलका प्रमुख हाछेथुले बताउनुभयो ।
ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथु गएको भदौ १४ गते ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त हुनुभएको थियो ।
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्