अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो,मैदान, जोखलीगैरा र पहरेपानीका करीब १२ घर बगाइसके

अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो,मैदान, जोखलीगैरा र पहरेपानीका करीब १२ घर बगाइसके

बुटवल
अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो गएको छ। शीतगंगा नगरपालिका वडा नं १२ को मैदान, जोखलीगैरा र पहरेपानीका करीब १२ घर बगाइसकेको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिनुभयो।
उहाका अनुसार सोही क्षेत्रका अरु २५ वटा जति घर जोखिममा छन्। अहिले पनि पहिरोले घरहरु बगाइरहेको उहाले बताउनुभयो।ुपहाडको पखेरामा रहेका घरहरु माथिदेखि बगाउँदै तल झरेका छन्,उहाले भन्नुभयो ती घरमा रहेका सबैजनालाई सुरक्षित हिसाबले नजिकको स्कुलमा राखेका छौं, अरु पनि घरहरु बगाइरहेकाले थप सुरक्षाका लागि लागिरहेका छौं।ु
उहाले घर बगाएर बिस्थापित भएकाहरुलाई स्थानीय गौरा माध्यमिक विद्यालयमा सुरक्षित हिसाबले सारिएको बताउनुभयो।
शीतगंगाका प्रमुख सूर्यप्रसाद अधिकारीले पहिरो गएको स्थानमा सुरक्षित बनाउन नेपाल प्रहरी, नेपाली सेनासहितको टोली परिचालन भएको बताउनुभयो। ।

प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij