उत्पादनशिल कार्यमा सक्रिय शारिरीक अपांगता भएकाहरुलाई सम्मान गर्दै कञ्चन जेसिजको जेसिज सप्ताह शुरु

उत्पादनशिल कार्यमा सक्रिय शारिरीक अपांगता भएकाहरुलाई सम्मान गर्दै कञ्चन जेसिजको जेसिज सप्ताह शुरु

कञ्चन
परिवर्तनसंग सफलताको मुल नाराका साथ कञ्चन जेसिज बर्ष २०२०\०२१ को बार्षिक कार्ययोजना अन्तर्गत कञ्चन जेसिज सप्ताह भोली शनिवार देखि जिवीको पार्जनका लागि उत्पादनशिल कार्यमा सक्रिय कञ्चनका शारिरीक अपांगता भएकाहरुलाई सम्मान गर्दै शुरु हुदैछ । गत असोज ३ गते कञ्चन जेसिजको नियमित बोर्ड बैठकले असोज १० गते देखि असोज १८ गते सम्म विविध कार्यक्रम गरी जेसिज सप्ताह संचालन गर्ने निर्णय रेको हो ।
बिश्वभर कोरोना भाइरसको संक्रमणका कारण बार्षिक कार्ययोजना अनुसार नियमित कार्यक्रम संचालन गर्न नसकिएको र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै भौतिक दुरी कायम गरेर बार्षिक कार्यक्रमहरु संचालन गर्न लागिएको कञ्चन जेसिज बर्ष २०२०\०२१ का अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनु भएको छ।जेसजिका धेरै कार्यक्रमहरु लकडाउनका कारण नियमित हुनबाट रोकिएका छन र लकडाउनका बावजुद पनि कार्ययोजनाका केही कार्यक्रमहरु सम्पन्न भएका छन ।अव बाकी कार्यक्रमहरुलाई पनि सुरक्षाका मापदण्ड अपनाएर सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा अध्यक्ष पौडेलले बताउनु भएको छ ।
अध्यक्ष पौडेलले सामाजिक सेवामा समर्पितहरुका लागि जुनसुकै परिस्थिती आएपनि केही मात्रमा अवरोध गरेपनि प्रतिकुल परिस्थितीसंग सामना गरेरै भएपनि लकडाउनका बेला बिपत्तीमा परेका कञ्चनवासीहरुका लागि विविन्न राहत बितरणका कार्यक्रम संचालन गर्न सफल भएको र अवका दिनहरुमा कञ्चन जेसिजले तय गरेका सबै कार्यक्रमहरुलाई नियमित्ता प्रदान गर्दै जाने समेत बताउनु भएको छ।कार्यक्रमलाई सफल बनाउन हरेक दिनको हरेक कार्यक्रमको संयोजन र ब्यबस्थापन गर्न बोर्डका कार्यकारिणी उपाध्यक्ष द्वय राजन शर्मा र मोहराज पौडेल,उपाध्यक्षहरु सुमन सुवेदी,धनपति ज्ञवाली,बुद्धिप्रसाद रेग्मी र सचिव प्रिया तरामुलाई जिम्मेवारी दिएको अध्यक्ष पौडेलले बताउनु भएको छ।
कञ्चन जेसिजले बर्ष २०२०\०२१ का लागि तय गरेको बार्षिक कार्यक्रम अन्तर्गत जेसिज सप्ताह ब्राण्ड भएकोले ब्राण्डको गुणस्तरियतालाई अझ बृद्धि गर्नेगरी जेसिज सप्ताहलाई भब्य र सभ्य रुपमा समपन्न गरिने बर्ष २०२०\०२१ का महासचिव चित्र तुलाचनले बताउनु भएको छ। यस बर्षको सप्ताहमा कञ्चनमा अपांग भई उतपादन र जिवीकोपार्जन कार्यमा काम गर्दै आउनु भएकाहरुलाई सम्मान गरेर कार्यक्रमको शुरुवात गरिने महासचिव तुलाचनले जानकारी दिनु भएको छ। त्यस्तै सप्ताहको दोश्रो दिन प्रभावकारी नेतृत्व बिकासबारे भर्चुअवल प्रशिक्षण,तेश्रो दिन ब्यबसायिक सफलताका लागि भर्चुवल तालिम, चौथो दिन दानापुर खेल मैदानमा स्वास्थ्यका लागि खेलकुद हुनेछ भने सप्ताहको पाचौं दिन अर्थात असोज १६ गते स्वास्थ्य सचेतना कार्यक्रम हुनेछ ।
त्यस्तै छैठौ दिन स्वास्थ्य सचेतना तथा सरसफाई कार्यक्रम हुने छ भने सप्ताहको अन्तिम दिन अर्थात असोज १८ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने महासचिव तुलाचनले बताउनु भएको छ।

 

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij