बेल्बासेको संयोजकत्वमा ४९ सदस्यीय साझा युवा संगठनको ५ नम्बर प्रदेश समिति घोषणा

बेल्बासेको संयोजकत्वमा ४९ सदस्यीय साझा युवा संगठनको ५ नम्बर प्रदेश समिति घोषणा

रुपन्देही ।
साझा युवा संगठनले रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा प्रदेश नम्बर ५ अन्तर्गत ४९ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।
साझा पार्टीको साझा युवा संगठन विस्तार अभियान अन्तर्गत प्रदेश ५ साझा युवा संगठन समिति घोषणा गरिएको साझा युवा संगठनका संयोजक अब्दुश मियाँले जानकारी दिए ।
शनिबार भर्चुअल कन्फ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा दाङका शिशिर राउत, लक्ष्मण चौधरी, सुधिर ओली, दिपेन्द्र ओली, प्रशान्त ओली, डी.एस खड्का, दाङकी तुलसी चौधरी, कपिलवस्तुका अरुन बहादुर कार्की, दिपक बेल्बासे, घनश्याम घिमिरे, रुपन्देहीका रविन जोशी, सागर भुषाल, सागर पाण्डे, हिमाल छेत्री, अनन्त अग्रहरी, मणि भुषाल, बाबुराम छेत्री, शिशिर पाण्डे, रुपन्देहीकी रीतु ज्ञवाली, पुजा पाण्डे, डिल कुमारी थारु, शोभा ज्ञवाली, निशा ज्ञवाली, पार्वता भुषाल, गुल्मीकी कल्पना भण्डारी, सरिता अर्याल, गुल्मीका गोकर्ण नेपाली, युवराज लम्साल, सन्दिप पन्थी, सन्दिप बि।के। सुनार, अर्घाखाँचीका अशोक आचार्य, उज्वल बन्जाडे, दिनेश पाण्डे, चन्द्र रेस्मी, अर्घाखाँचीकी रिता भुषाल, आशिका अधिकारी, बाँकेका अंकित श्रीवास्तव, बसन्त पराजुली, परासीका सवीर अलाम अन्सारी, आदित्य यादव, मनोज शर्मा, प्युठानका बिपिन गिरी, धुर्व थापा, रोल्पाका सुनिल पोख्रेल, झक्कु प्रसाद डाँगी, पूर्वी रुकुमका तुल्सी राम ओली, बर्दियाका तिर्थ राज जैसी, उमेश राज थापा र पाल्पाका बाबुराम कोइराला रहेका छन्।
साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ, संयोजक मियाँले भने ।

सबै युवाहरूलाई नेतृत्व बिकास र आत्मनिर्भर बनाउनका लागि आफ्नो विशेष भुमिका रहने साझा युवा संगठन प्रदेश ५ कमिटीका संयोजक शिबराज बेल्बासेले बताएका छन ि
यस अघि प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा क्रमशः सरोज नेपालको संयोजकत्वमा ३७ सदस्यीय समिति, राजन पन्थीको संयोजकत्वमा २९ सदस्यीय गण्डकी प्रदेश समिति र राहित चन्दको संयोजकत्वमा २७ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति घोषणा भइसकेको छ ।

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij