मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु

मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु

हेटौंडा । मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका(६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाको वडानम्बर ३ नम्बरतर्फ उनीहरु हिँडेका थिए ।

खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घट्नास्थलतर्फ गइसकेको उनले बताए ।

शुक्रबार र शनिबार मात्रै मकवानपुरमा खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको थियो । स्थानीय खोलाहरुमा आएको बाढीले बगााउँदा हेटौंडा–१९, कैलाश र भीमफेदी गाउँपालिकामा गरी तीन जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij