प्रदेश ५ मा अभियुक्तहरूको म्याद थप भिडिओ कन्फरेन्सबाटै हुने

प्रदेश ५ मा अभियुक्तहरूको म्याद थप भिडिओ कन्फरेन्सबाटै हुने

दाङ ।
प्रदेश ५ मा भिडिओ कन्फरेन्समार्फत अभियुक्तहरुको म्याद थप्ने प्रक्रिया सुरु भएको छ । प्रदेश ५ अन्तर्गतका १२ जिल्ला प्रहरी कार्यालय र सो मातहतमा मुद्दा चल्ने ४० वटा इकाईहरुमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका अभियुक्तहरुको भिडिओ कन्फरेन्समार्फत म्याद थप्न थालिएको छ ।

५ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारले अदालती प्रक्रियामा भिडिओ कन्फरेन्समार्फत म्याद थप गर्ने प्रक्रिया मातहतका सबै इकाईहरुमा सुरु भएको जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण संक्रमण थप फैलिन नदिन भिडिओ कन्फरेन्सको विधि अवलम्वन गरिएको एसएसपी बैदवारले बताए ।

५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपर दाङ, उच्च अदालत तुलसीपुर, उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरसँगको सहकार्यमा जिल्लास्तरमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अनुसन्धानका सिलसिलामा पक्राउ परेका अभियुक्तहरुलाई म्याद थप गर्दा अदालत उपस्थित नगराएरै भिडिओ कन्फरेन्समार्फत गर्न थालिएको एसएसपी बैदवारले जानकारी दिए ।

‘कोरोना महामारीको विद्यमान परिस्थितिमा यसलाई निकै सुरक्षित विधि मान्न सकिन्छ,’ बैदवारले भने ‘ समय र खर्च दुबै बचेको छ ।’

भिडिओ कन्फरेन्स मार्फत म्याद थप गर्दा सेवा छिटो प्रवाह गर्न सकिने तथा अपराध अनुसन्धानमा समेत सहजता हुने एसएसपी बैदवारले बताए । उनले भविष्यमा यही विधि मार्फत अभियुक्तको बयान गर्ने कार्य र साक्षी उपस्थित गराउने कार्य समेत गर्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, असोज १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij