आफन्त नेपाल र शान्ति पुनर्स्थापना गृह कपिलवस्तुद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई

आफन्त नेपाल र शान्ति पुनर्स्थापना गृह कपिलवस्तुद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई

कृष्णनगर -कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह द्वारा सम्मान सहित बिदाई गरेको छ l करीब १६ महीना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोना भाइरस (कॉभिड -19) महामारीको नियंत्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको तत्काकालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठानले लेे बताए l प्रहरी निरिक्षक प्रताप पौडेलको कार्य कृष्णनगरमा सराहनीय रहेको , अगामी दिनमा सफल कार्यकालको शुभकामना सहित उत्रोतर प्रगति को कामना सहिित लायन्स दिनेश चन्द्र गुप्ताले आफ्नो मन्तब्यय राख्नु भयो l आफन्त नेपाल कपिलवस्तु संयोोोजकक केशर विश्वकर्मा ले मानव वेचविखन तथा महिला हंसा विरुद्ध हाम्रो संस्था संग गरेको सहकार्य अविस्मरणीय रहने बताउनुभयोl उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं २ वडा अध्यक्ष संजय कुुमार गुप्ताले अगामी दिनको सफलता को शुभकामना सहित कृष्णनगर बसाईका क्रममा पुर्याएको योगदानको चर्चा गर्नुभयो l शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशा पन्थी ले मानव वेचविखन तथा महिला हंसा विरुद्ध हाम्रो संस्था संग गरेको सहकार्य अविस्मरणीय रहने बताउनुभयोl बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर क्षेत्रमा करीब १६ महीना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै , आफ्नो मताहत क्षेत्रका समाजसेवी, संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि लगायत अन्यले दिएको सहयोग अविस्मरणीय रहने र आफूलाई सम्मान सहित बिदाई गरेकोमा आफन्त नेपाल कपिलवस्तु र शान्ति पुनर्स्थापना गृह लगायत उपस्थित सम्पूर्ण लाई धन्यवाद दिएl कार्यक्रममा आफन्त नेपाल कपिलवस्तुका संयोजक केशर विश्वकर्मा ले सम्मान सहित मायाको चिनो दिए साथै शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थीले सम्मान गर्दै आफ्नो संस्थाको तर्फबाट प्रशंसा पत्र समेत प्रदान गर्नुभयो l उक्त बिदाई कार्यक्रममा वृजेश गुप्ता, पंकज गुप्ता, वसन्ती,राहुल मोदनवाल लगायत अन्यको उपस्थित रह्योl उक्त कार्यक्रममा अफन्त नेपाल कपिलवस्तुका जिल्ला संयोजक केशर विश्वकर्मा ले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भनेअफन्त नेपाल कपिलवस्तुको हालमा सम्पन्न भएको थियोl

प्रकाशित मिति : सोमबार, असोज १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij