तरुण दल प्रगतीनगरमा नेतृत्व चयन

तरुण दल प्रगतीनगरमा नेतृत्व चयन

बुटवल -नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन विस्तार तिब्र पारिएको छ । जस अन्तरगत तरुण दल बुटवल उपमहानगरपालिका वडा न ११ प्रगतीनगर ईकाई गठन भएको हो । तरुण नेता साजन भारीको अध्यक्षतामा भएको कार्यक्रमा कांग्रेसका वडा सभापती चित्र वहादुर वर्माले अन्यायका विरुद्धमा तरुणहरु जागरुप हुनु पर्ने बताउनु भयो । उहांले तरुणहरुले श्रृजनशिल काम गरेमा कांग्रेसलाई समेत फाईदा पुग्ने बताउनु भयो ।
सो अवसरमा कांग्रेसका नेता जित वहादुर मल्लले विकृती र विसंगतीका विरुद्धमा तरुणहरु जाग्नु पर्ने वेला आएको बताउनु भयो । तरुण दलका नगर सभापती सुजन पुनले तरुणहरुलाई संगठित गर्ने र रचनात्मक कार्यमा लगाउने अभियानमा आफुहरु लागिरहेको बताउनु भयो । नेपाली कांग्रेसका क्षेत्रिय सहसचिव नेत भट्रराईले युवाहरु संरक्षणका लागि कांग्रेस सधै साथमा रहेको बताउनु भयो ।
कार्यक्रममा तरुण दलका जिल्ला सदस्य सुनिल शाही, वडा सचिव दुर्गा वहादुर खत्री, उपसभापती कृष्ण वहादुर जिसी लगायतले बोल्नु भएको थियो ।
भेलावाट गिरमान राजकोटीको अध्यक्षतामा २५ सदस्यीय तरुण समिति गठन भएको छ । उसको उपाध्यक्षमा आकाश थापा, सचिवमा अनित चौधरी, सहसचिवमा करिस्मा वस्याल, कोषाध्यक्ष मा कृष्ण थापा रहनु भएको छ ।

 

 

 

प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij