बुटवल
हँसियाले आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १० का ७६ वर्षीय पुरुष रहेका छन् ।उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
उपचारका क्रममा मृतकमा कोरोना भाइरस संक्रमण समेत पुष्टि भएको थियो ।असोज १२ गते घरमा आफ्नै घरमा हसियाले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकी सोही दिन युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएकोमा मंगलबार राति पौने १२ बजे मृत्यु भएको हो ।
मेडिकल कलेजमा उपचारका क्रममा पीसीआर परीक्षण गर्दा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले बताए । उनी श्वास प्रश्वाससम्बन्धि रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, असोज १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्