काठमाण्डौ – गएको वैशाख महिनायता बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा परेर चार सय दुई जनाको ज्यान गएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि असोज १४ गते बुधबारसम्ममा बाढी, पहिरो र चट्याङबाट चार सय दुई जनाको ज्यान गएको छ भने चार सय ३९ जना घाइते भएका छन् ।
यस्तै एक सय एक जना हराइरहेका छन् । पहिरोमा परेर दुई सय २५ जनाको ज्यान गएको छ भने ६४ जना हराइरहेका छन् ।
त्यस्तै बाढीमा परेर ४२ जनाको ज्यान गएको छ भने ३७ जना बेपत्ता छन् । यस्तै यो अवधिमा चट्याङ लागेर ६५ जनाको ज्यान गएको छ । मनसुन सुरु भए यता मात्रै प्राकृतिक विपदमा परेर तीन सय ६७ जनाको ज्यान गएको छ भने तीन सय १७ जना घाइते भएका छन् ।
यस्तै एक सय जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्