प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव पास गर्ने नेकपाको निर्णय

प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव पास गर्ने नेकपाको निर्णय

बुटवल, – नेपाल कम्युनिष्ट पार्टी  नेकपा प्रदेश ५ को संसदीय दलले प्रदेशको राजधानी दाङको भालुवाङलाई बनाउने पक्षमा मतदान गर्ने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ१७ :लाई बनाउने प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

यसअघि सरकारले प्रदेश ५ को स्थायी राजधानी भालुवाङ र नाम लुम्बिनी प्रदेश बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको थियो।बैठकले प्रदेश राजधानी र नाम संसदबाट पास गर्न नेकपाका सांसदलाई पक्षमा मतदान गर्न निर्देशन दिएको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।उनले प्रस्ताव दुई तिहाइ बहुमतबाटै पास हुने बताए। तर, बैठकमा रुपन्देहीका सांसदहरुले भने आपत्ति जनाएका थिए। उनीहरुले प्रदेश राजधानी बुटवल नै उपयुक्त भएकाले यसलाई नै निरन्तरता दिनु पर्ने बताएका थिए। प्रदेशसभामा शुक्रबार पेश भएको प्रस्तावमाथि सोमबार बस्ने बैठकमा छलफल हुनेछ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij