जेसिज सप्ताह सम्पन्न,मनोसामाजिक क्षेत्रमा जेसिजको लगानी आवस्यक उपाध्यक्ष तरामु

जेसिज सप्ताह सम्पन्न,मनोसामाजिक क्षेत्रमा जेसिजको लगानी आवस्यक उपाध्यक्ष तरामु

कञ्चन-कञ्चन जेसिज बर्ष २०२० को जेसिज सप्ताह कञ्चन जेसिजका संस्थापक पदमधिकारी तथा सदस्यहरुलाई सम्मान गर्दै सोमवार समापन भएको छ। कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्यका लागि खेलकुद अभियान सहित संचालित जेसिज मैत्रीपुर्ण फुटवल प्रतियोगितामा बिजेता तथा उपविजेताहरुलाई समेत पुरस्कृत तथा सम्मान रिएको थियो ।
जेसिज सप्ताह कार्यक्रम समापन गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले कञ्चनमा लकडाउनको समयमा बालबालिकाहरुले आत्म हत्या गर्ने प्रवृत्ति बढेकोले ब्यक्तित्व बिकासका लागि युवाहरुको साझा बिश्व विधालयको रुपमा रहेको कञ्चन जेसिजले कलस्टर निर्माण गरेर भएपनि मनोसामाजिक शिक्षा संचालन गर्न सके निकै प्रभावकारी हुने सुझाव दिनु भएको छ।महिला हिंसा,यौन हिंसा, आत्महत्या जस्ता गलत सोंचहरुलाई परिवर्तन गरी समाजको लागि म पनि एक जिम्मेवार सदस्य हुँ त्यसैले यो समाजको लागि केही गर्नु पर्छ भन्ने भावनाको समेत विकास गर्न सके समाजको फरक सन्देश दिन सक्ने कुरालाई जोड दिदै यस अभियानमा कञ्चन जेसिजले नेतृत्व गर्नु पर्ने र गाउपालिकाले पनि आवस्यक सहयोग गर्ने बताउनु भएको छ।
कञ्चन जेसिजका संस्थापक सदस्य चुडामणी पौडेलले लकडाउनका बिच पनि कञ्चन जेसिजलाई आफ्नो अभियान र सामाजिक उत्तरदायित्व बहन गर्न बाधा नपुर्याएको र प्रतिकुल समयले कञ्चन जेसिजलाई समाजका लागि केही गगर्नु पर्छ भन्ने भावनाको विकास गर्नमा उतसाह थपेको बताउनु भएको छ। यसैगरी सैनामैना जेसिज बर्ष २०२० का अध्यक्ष सिता क्षेत्रीले कञ्चन जेसिजको उत्साहप्रद गतिविधीले सैनामैना जेसिजलाई पनि आत्मवल सहितको प्रोत्साहन थपेको बताउनु भएको छ । जेसिजले युवाहरुको ब्यक्तितव बिकास,उधमशिलता र समाजका लागि असल नेतृत्वका लागि तालिम प्रदान गर्दै आएकोमा समाजको गतिशिलतालाई अध्ययनले जेसिजले प्रदान गर्ने तालिमहरुको ब्यबहारिक ज्ञान त समाजमै प्राप्त हुने भएको बताउदै ब्यक्तिको ब्यक्तित्व विकास,उधमशिलताको बिकास समाजबाटै सिक्न सकिने बताउनु भएको छ।
कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले समापन कार्यक्रममा स्वागत गर्दै जेसिज सप्ताहले जेसिज युवाहरुको लागि समाज प्रतिको उत्तरदायित्व बोध गराएको उल्लेख गर्नु भएको छ। कञ्चन जेसिजले आयोजना गरेको जेसिज सप्ताहमा सहभागी सम्पुर्ण जेसिज युवा,कञ्चनवासी तथा शुभचिन्तकहरुलाई धन्यवाद दिदै अध्यक्ष पौडेलले जेसिज सप्ताहलाई सफल बनाउन सहयोग गर्नु हुने सहयोगदाता र प्रायोजकहरुलाई समेत आभार ब्यक्त गर्नु भएको छ।
सन २०१८ मा कञ्चन जेसिजको स्थापना गरी कञ्चनमा जेसिजमय बनाउन योगदान गर्ने संस्थापक पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रममा जेसिज आस्थापाथ कञ्चन जेसिजका सुभाष पौडेलले गर्नु भएको थियो भने संचालन महासचिव चित्र तुलाचन र कोषाध्यक्ष सूर्य ढकालले धन्यवाद ब्यक्त गर्नु भएको जेसिज सप्ताह गत असोज १० गते उधमशिल शारिरीक अपांगता भएका ब्यक्तित्वहरुलाई सम्मान गरी शुरु गरिएको थियो । जेसिज सप्ताहमा ब्यक्तित्व बिकास र ब्यबसायिक प्रर्वद्धनका लागि भर्चुअव प्रपिशक्षण,स्वास्थ्यका लागि खेलकुद,स्वास्थ्य सचेतना सहितको सरसफाई कार्यक्रम लगायत कार्यक्रमहरु संचालन गरिएका थिए ।

jci saptaha.jpg
jci saptaha1.jpg
jci saptaha2.jpg
jci saptaha3.jpg

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij