प्रिय शंकर…..
आज तिमीले अरुलाइ सम्झिदा म छुटेको छु
भोलि मैले अर्कैलाइ सम्झुला तिमी छुट्नेछौ।
दोष कस्को हुनेछ त्यति बेला?बिर्सियौ भन्ने
मैले तिमीलाई तिमीले मलाई आरोप लाउनेछौ।।
जसरी दुई ओठ छुटेर शब्दहरु जुटे शब्द फुटेर
बोली जुटे र त एकले अर्काको बोलि सुनेकाछौं।
यता फुटेर तिमी अन्तै जुट्नेछौँ, म कतै जुटौँला
अनि एकले अर्कोलाई फुटेको आरोप लाउनेछौ।।
प्रिय राजधानी…..
केवल समयको खेल जुटाउने र फुटाउने मन यसै
भनि बुझाउँला,अब त तिमी देउखुरी जुटाउनेछौँ।
तिमी उता सजाउनु म यता यत्ति सजाउनेछु कि
हामीलाई छुट्याउने महाशय तिमी पछुताउनेछौँ।
राम्रै शंख बजायौँ शंकर तिमीले र त हाम्रो यत्ति बलियो नाता तुतायौँ हार्दिक बधाइ छ तिमीलाइ।
हिजो आफै बनेको हो फेरी बन्नेछ, छुटायौ मात्र
राजधानी कदापि सक्दैनौ टुटाउन बटौलिलाइ ।।
आजै बाट हामी लाग्छौ हाम्रो बटौली राम्रो बटौली बनाउन तिमी बालुवामा सजाउदै हुनेछौ।
राजधानी कहा हो झुक्किने बनाउछौ त्यत्ति मेहनत गर्नेछौ भन तिम्रो झिटिझाम्टा कहिले लैजान्छौ??
प्रकाशित मिति : बिहिबार, असोज २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्