डा. केसी र सरकारबीच जुट्यो सहमति, अनशन तोड्ने तयारी

डा. केसी र सरकारबीच जुट्यो सहमति, अनशन तोड्ने तयारी

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । केहीबेरमा सरकार र डा. केसीको प्रतिनिधिबीचको सहमतिलाई औपचाकिरता दिइने बताइएको छ ।

त्यसपछि आजै अनशन तोड्ने तयारी रहेको श्रोतले बतायो । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थियो ।

६ बुँदे माग राखेर विगत २६ दिनदेखि आमरण अनशनमा बसेका डा. केसी आफ्नो माग पूरा हुनैपर्ने अडानमा छन् । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij