बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि झण्डै पाँच सय लालपुर्जा वितरण गरयो

बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि झण्डै पाँच सय लालपुर्जा वितरण गरयो

बुटवल
बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि झण्डै पाँच सय लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं। १४, देखि १८नम्बर वडाका विभिन्न टोलमा पुर्जाविहीन करिब पाँच सय घर परिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको जनाएको छ ।
वडा नं. १५ मा ४८ वडा नं.१६ मा ६३ , वडा नं. १७ मा ९० र वडा नं. १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरिएको हो । यस्तै वडा नं। १४ मा ६० र वडा नंं १८ मा थप ९० वटा लालपुर्जा तयार भइ वितरणको तयारीमा रहेका छन् । बुटवल–१८ को मोतिपुर पोखराबारीमा एक संक्षिप्त समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका २२ जनालाई लालपुर्जा वितरण गर्नुभयो । उक्त वडामा यसअघि एक सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० वितरण गरिसकिएको छ भने थप ९० वटा पुर्जा तयार भइरहेका छन् ।
लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१८ का ज्ञानेश्वर आचार्य र अर्की महिला ठनगी थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरि योजना बनिरहेको बताउनु भयो ।
नगर प्रमुख सुवेदीले धेरै वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा बुधवारबाट पूर्ण स्वामित्व हुने गरी जग्गाधनी प्रमाणपत्र पाएकोमा जग्गाधनीलाई बधाइ दिँदै औद्योगिक करिडोर र आसपासमा रहेका सबै अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन लागेको जानकारी दिनु भयो ।
सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, वडाअध्यक्ष हुमबहादुर आचार्य र नापी कार्यालयका यमप्रसाद पाण्डेलगायत जनप्रतिनिधि र अगुवाहरुको सहभागिता थियो । उपमहानगरमा जनप्रतिनिधि चुनिएयता गाउँ ब्लक जग्गामा रहेका करिब पाँच सय परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको कामसमेत चलिरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनु परेका समुदायका लागि हो । भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व बृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमुना काम गरिरहेको छ ।
मोतिपुरको पोखराबारीमा आयोजित पुर्जा वितरण कार्यक्रममा बोल्दै उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले सहरी कृषि प्रवद्र्धनका साथै उत्पादनमूलक क्षेत्रमा जोडिएर व्यवसायिक काम गर्न आग्रह गरिन ।
अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख आचार्यले उपमहानगरले सीप सिकाउने, सीपको सदाुपयोग गर्न सहयोग गर्ने र अनुदानकासमेत व्यवस्था गर्ने बताउँदै पछाडि पारिएका समुदाय र महिलालाई उच्च प्राथमिकतामा राखिएको बताउनु भयो ।

प्रकाशित मिति : बुधबार, असोज २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij