भैरहवा-लुम्बिनी निर्माण व्यवसायी सघं रुपन्देहीले विजया दशमी को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
लुम्बिनी निर्माण व्यवसायी सघ रुपन्देहीले एक कार्यक्रम का बिच विजया दशमी, दिपावली तथा छठ पर्व को अवसर मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल निर्माण व्यवसायी महासघका उपाध्यक्ष टोप बहादुर रायमाझीले विश्व भरी महामारीको रुप मा फैलिएको कोरोना भाइरस सक्रमणको अवस्थामा सरकारले तोके को मापदण्ड भित्र बसेर सबै लाई चाडपर्व मनाउन आग्रह गर्नु भएको थियो ।
कार्यक्रम मा सघ का अध्यक्ष विनय ज्ञवाली, निवर्तमान अध्यक्ष दामोदर शर्मा घिमिरे, सल्लाहाकार द्धय युवराज तिमिल्सीना, मन्जु भुषाल लगायत ले बोल्दै अहिले को यस्तो विषम परिस्थिती मा सबैले घर भित्रै बसेर चाडपर्व मनाउन आग्रह गर्नु भएको छ ।
कार्यक्रम स्वाथ्य सुरक्षा का सामाग्री प्रयोग गरि सामाजिक दुरी कायम गरी सम्पन्न भएको सघंले जनाएको छ ।
यसै बिच लुम्बिनी निर्माण व्यवसायी सघ को निर्माणधिन व्यवसायिक भवन को पहिलो तला को बुधबार ढलाई सम्पन्न भएको छ ।
४५ लाख को लागत मा निर्माण गरिन लागे को दुई तले उक्त भवन ८ कोठा को हुने सघ का अध्यक्ष ज्ञवालीले बताउनु भएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्