बुटवलका ९२ सहित रुपन्देहीमा थप १७९ जनामा कोरोना संक्रमण

बुटवलका ९२ सहित रुपन्देहीमा थप १७९ जनामा कोरोना संक्रमण

बुटवल ।
बुटवलका ९२ सहित रुपन्देहीमा आइतबार थप १ सय ७९ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६५ महिला र १ सय १४ पुरुष गरी १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८ सय ६५ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ९२ जना, तिलोत्तमा नगरपालिकामा सबैभन्दा धेरै ३७ जना, सिद्धार्थनगर नगरपालिकामा २६ जना, सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा ६ जना,सुद्धोधन गाउपालिकामा ५ जना, ओमसतिया गाउपालिका ४ जना, तथा सियारी गाउपालिकामा र रोहिणी गाउपालिकामा १÷१ जना गरी १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म २ हजार ८ सय ६५ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन भने ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देहीमा १ हजार ९ सय ४९ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij