बुटवल
लुम्बिनी प्रदेशमा प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदिय दलको प्रमुख सचेतकमा सांसद फकरुद्धिन खाँनलाइ नियुक्त हुनु भएको छ । प्रदेश सभा संसदिय दलका नेता विरेन्द्र कुमार कनौडीयाले सोमबार सांसद खानलाइ प्रमुख सचेतकमा नियुक्त गर्नु भएको हो । काँग्रेस संसदिय दलको बिधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम नेपाली काँग्रेस संसदिय दल लुम्बिनी प्रदेसको प्रमुख सचेतकमा खानलाइ नियुक्त गरीएको नेता कनौडीयाले बताउनु भयो ।
खान रुपन्देही क्षेत्र नं. ५(२)बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । काँग्रेसका बौद्धिक युवा नेताका रुपमा परिचित सांसद खान प्रदेशसभामा पनि जनसरोकारका बिषयमा स्पष्ट रुपमा आवाज उठाउने सांसदका रुपमा चिनीनुहुन्छ । प्रमुख सचेतक नियुक्त भएपछि खानले जन सरोकारका बिषयलाइ सदन मार्फत सरकार समक्ष पुर्याउदै सरकारलाइ जिम्मेबार र जनउत्तरदायि बनाउन प्रतिपक्षले खेल्नु पर्ने भुमिकालाइ अझ शसक्त बनाउन रचनात्मक भुमीका खेल्ने बताउनु भयो ।
यसअघि नेपाली काँग्रेस प्रदेश सभाको प्रमुख सचेतकमा बाँकेका सांसद सुरेन्द्र हमाल हुनुहुन्थ्यो
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्