पश्चिम नेपाल विकास ट्रष्टद्धारा बुटवलको मिलन चोकमा हात धुने ब्यवस्था

पश्चिम नेपाल विकास ट्रष्टद्धारा बुटवलको मिलन चोकमा हात धुने ब्यवस्था

बुटवल।  पश्चिम नेपाल विकास ट्रष्टले बुटवलको मिलन चोकमा हात धुने ब्यवस्था मिलाएको छ । कोरोना महामारीबाट जोगिन सावुन पानीले राम्रो सग हात धुनु राम्रो विधि भएको अवस्थामा ट्रष्टले मिलन चोकमा सावुन पानीको ब्यवस्था गरेको छ । ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेका अनुसार पानी टंयाकी, सावुनको ब्यवस्था गरिएको र खुट्टाले थिचेपछि सावुन र पानी प्रयोग गर्न सकिने गरि ब्यवस्था मिलाइएको छ ।

मिलनचोकमा बैंक देखि विभिन्न कार्यालय धेरै रहेको तथा बढी ब्यस्त हुने चोक रहेकाले कोरोनाबाट जोगिन सडक छेउमा हात धुने ब्यवस्था मिलाइएको अध्यक्ष गौरीमाया थापाले बताइन । नमस्ते नामोद एण्ड फ्रेण्डस् को सहयोगमा सो ब्यवस्था मिलाइएको सस्थाले जनाएको छ ।
हात धुने ब्यवस्था मिलाइएपछि शनिबार बिहानबाट शुभारम्भ गरिएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी जनप्रतिनिधि विमला श्रेष्ठ, उपमहानरपािलकाका महाशाखा प्रमुख भुवाप्रसाद लुइटेल, स्थानिय तथा राजनीतिक अगुवा ऋषिराम पाण्डे, अधिबक्ता खुमाकान्त पौडेल, ट्रष्टका अध्यक्ष गौरीमाया थापा, उपाध्यक्ष मोमप्रसाद गुरुङ , कोषाध्यक्ष पदम घिमिरे, सहसचिव लक्ष्मी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij