बुटवलको एक होटलवाट चितुवाको छाला सहित ४ जनालाई प्रहरीद्धारा पक्राउ

बुटवलको एक होटलवाट चितुवाको छाला सहित ४ जनालाई प्रहरीद्धारा पक्राउ

बुटवल।
रुपन्देहीको बुटवल उप–महानगरपालिका ९ ईटाभट्टि लाईन स्थित एक होटलवाट दुर्लभ संरक्षित बन्यजन्तु चितुवाको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मी दरबार गाउपालिका वडा नं.४ बस्ने बर्ष २२ को बिमल मगर, बर्ष १८ को बिशाल राना मगर र बर्ष २४ को संजिव पेमी तथा रुपन्देही बुटवल उप महानगरपालिका वडा नं.७ बस्ने बर्ष ३० को बिश्व भट्टराई रहेका छन् ।चितुवाको छालाको कारोवार भैरहेको सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलिले बुटवल ईटाभट्टि स्थित होटल शिाल एण्ड रेष्टुरेण्टमा खानतलासि गर्दा होटलको १०२ नं कोठामा बसेका ४ जनालाई चितुवाको छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रनाउ खड्क बहादुर खत्रीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय भैरहवा पठाईएको प्रहरीले जनाएको छ ।
दुर्लभ संरक्षित वन्य जन्तु चितुवाको छाला ६ फिट लम्बाई १ फिट ३ ईन्च चौडाईको रहेको छ

प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij