बुटवल-प्रेस युनियन रुपन्देहीका सदस्य तथा सचारकर्मी स्व चेतनारायण भण्डारीको नवौ पुन्य तिथीका दिन प्रेस युनियन रुपन्देहीको आयोजनामा आज उहाको निवास तिलोत्मामा शोक सभा सम्पन्न भएको छ ।भण्डारीको २०७७/०७/२८ गते शुक्रवार ५३ बर्षको उमेरमा हृदयघातका कारण असामयिक निधन भएको थियो।प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालको सभापतित्वमा शोक सभा कार्यक्रम सम्पन्न भएको थियो । शोक सभामा सभापति रेखा भुसालले मृतकको जिबनी सहित शोक मन्तव्य राख्नु भएको थियो ।उहाले भण्डारीको निधनले प्रेस युनियन रुपन्देहीलाई अपुर्णनिय क्षति पुग्नुको साथै एउटा दक्ष्य अभिभावक गुमाउनु पर्दा युनियन परिवारलाई ठुलो क्षति पुगेको बताउनुभयो।
शोक सभा कार्यक्रममा प्रेसयुनियन रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई,यमलाल भुषाल,रामराज पोख्रेल,विक्रम खड्का,नेपाली कांग्रेस तिलोत्तमा नगर कोषाध्यक्ष जगत पौडेल प्रेसयुनियन रुपन्देहीका उपसभापति कविन्द्र नेपाल,दिपक घिमिरे,सचिव श्यामशकर पाण्डे,सह सचिव कल्पना तिवारी,सदस्य सिता बराल,कमला पाण्डे लगाएतको उपस्थिति रहेको थियो। । कार्यक्रम प्रेस युनियन रुपन्देहीका सचिव श्यामशकर पाण्डेले सञ्चालन गर्नु भएको थियो। शोकको दुखद घडिमा दिवङ्गत आत्माको चीर शान्तिको कामना साथै प्रेस युनियन रुपन्देही परिवारले भावपुर्ण श्रध्दाञ्जलि व्यक्त गरेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्