राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

Nepal Academy. Photo: THT/ File

काठमाण्डाै – नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आउँदो मङ्सिर २९ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगित गरिएको थियो । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले अब भौतिक दुरी कायम गरी महोत्सव गर्ने नयाँ मिति तय गरिएको बताउनुभयो ।

प्रतिष्ठानले २०२२ सालदेखि महोत्सव गर्दै आएको छ । यसअघि २०७२ सालमा गएको भूकम्प कारण कविता महोत्सव स्थगित भएको थियो । प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत बढाउने निर्णय गरेको छ ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनुलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र दिइने छ ।

प्रकाशित मिति : शनिबार, मंसिर ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij