काठमाडौं। चिनी मिलबाट पाउनुपर्ने उखुको रकम दिलाइदिन माग गर्दै उखु किसान हलो-जुवा बोकेर माइतीघरमा प्रदर्शन गरेका छन्।
वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं आएका हुन्। तीन तहको सरकार भएको देशमा अझै उनीहरुको कुरा सुनुवाइ गरिएको छैन। काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन आग्रह गरिरहेका छन्।
केही दिनअघि काठमाडौं आएका उनीहरुले बिहिबार पनि माइतीघरमा प्रदर्शन गरे। केही चिनी मिलले किसानमाथि भारतीय नागरिकको आरोप लगाएका छन्। तर, उनीहरू भने नागरीकता पनि साथमा बोकेर आएका छन्।
बुधबार उखु सहित प्रदर्शन गरेका किसानले आज भने खेति गर्ने औजारसहित प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले यो पटकको आन्दोलन नै वार-पार गर्ने हिसाबले काठमाडौं आएका हुन्। यसपाली महिनौं आन्दोलन गर्नुपरे पनि आन्दोलन गर्ने तर आफ्नो पसिनाको मूल्य लिएर जाने उनीहरूको अडान छ।
प्रकाशित मिति : बिहिबार, पुष २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्