शान्ति समाजद्वारा संसद विघटन विरुद्ध बुटवलमा बिरोध प्रदर्शन

शान्ति समाजद्वारा संसद विघटन विरुद्ध बुटवलमा बिरोध प्रदर्शन

बुटवल,
संसद विघटनको विरोधमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा प्रदर्शन गरेको छ । कार्यक्रममा बोल्दै केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले लोकतन्त्र पुनः धरापमा परेको बताउनुभयो ।
सरकारले आफूले गरेका भ्रष्टाचार र असफलतालाई लुकाउन नसक्दा लोकतन्त्रलाई नै धरापमा राखेको उहाको बताउनुभयो ।
लोकतन्त्रलाई बचाउन शान्तिबादी तथा लोकतन्त्रवादीहरु फेरि सडकमा आउनु परेको उहाले बताउनुभयो । नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्ध बहादुर थापाले विघठित प्रतिनिधीसभा संसदलाई पुनर्गठनका लागि विरोधका कार्यक्रम जारी राख्नुपर्ने बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका सभापति डि पी खनालले संसद विघटन गर्ने जस्तो अलोकतान्त्रिक कदमलाई आफूहरुले कुनै हालतमा स्वीकार गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रम समाजका उपसभापति कृष्ण चौहान क्षेत्री स्वागतमा भएको थियो । बुटवलको राजमार्ग चौराहामा भएको कार्यक्रममा सहभागिले प्ले कार्ड समेत बोकेका थिए ।

प्रकाशित मिति : आइतबार, पुष ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij