काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको सबै निवेदनहरूको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १२ वटै रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै सबैलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
निवेदकले अन्तरिम आदेश माग गरेकोमा इजलासले संवैधानिक इजलासमा अर्को पनि निवेदन भएकाले अन्तरिम आदेश जारी नगरी सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।
शुक्रवार बस्ने संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका सबै निवेदनहरूको एकमुष्ट सुनुवाइ हुनेछ ।
प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग दाबी गर्दै बुधवार भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी र कञ्चनकृष्ण न्यौपानेले बहस गर्नु भएको थियो ।
प्रकाशित मिति : बुधबार, पुष ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्