प्रतिनीधि सभा विघटन गरेको बिरोधमा बुटवलमा प्रधानमन्त्रीको पुत्ला दहन सहित मसाल जुलुस प्रदर्शन

प्रतिनीधि सभा विघटन गरेको बिरोधमा बुटवलमा प्रधानमन्त्रीको पुत्ला दहन सहित मसाल जुलुस प्रदर्शन

बुटवल

सरकारले प्रतिनीधि सभा विघटन गरेको बिरोधमा बुटवलमा प्रधानमन्त्रीको पुत्ला दहन सहित मसाल जुलुस प्रदर्शन भएको छ । प्रतिनीधि सभा ९संसद० विघटनको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड – माधव नेपाल समुहका कार्यकर्ताले बुटवलको ट्राफिकचोकमा बिहिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन सहित मसाल जुलुस प्रदर्शन गरेका हुन् प्रधानमन्त्रीको पुत्ला दहन तथा मजाल जुलुस प्रदर्शनको नेतृत्व अनेरास्ववीयुका केन्द्रीय सदस्य अनुप पोख्रेलले गर्नुभएको थियो । बुटवलमा भएको प्रदर्शनमा प्रचण्ड–माधव पक्षका २र३ सय कार्यकर्ता सहभागि थिए । प्रधानमन्त्रीको संसद विघटनको कदमलाई असंवैधानिक कदम भन्दै प्रधानमन्त्री ओलीको बिरोधमा चर्को नारावाजी समेत गरेका थिए । नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटनको बिरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरि बिरोधका कार्यक्रम अंगाडी बढाएको हो ।

प्रकाशित मिति : बिहिबार, पुष २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij