काठमाडौ,२५ पुस ।
नेपालमा शनिबार थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ६९९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ९१२ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९४ कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा १५३, ललितपुरमा २३ र भक्तपुरमा १८ जना रहेका छन् । हाल देशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेको छ ।
प्रकाशित मिति : शनिबार, पुष २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्