काठमाडौं : कोरोना भाइरसविरुद्ध खोप पर्सि बिहीबार नेपाल ल्याइने भएको छ।शुक्रबार आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप हो यो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिन थालेको हो।
‘आएपछि हामीलाई हस्तान्तरण भएको एक हप्तामा हामीले लगाइसक्छौं,’ मन्त्रालय स्रोतले भन्यो। एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले बताएको छ।
नेपालमा कोरोनाको पहिलो केस गत माघ ९ गते देखिएको थियो। संयोगवश नेपालमा कोरोना संक्रमण देखिएको एक वर्ष पुग्न एक दिनअघि खोप भित्रिन लागेको हो।
प्रकाशित मिति : मंगलबार, माघ ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्