कांचो इट्टामा विमाको व्यवस्था गर्न इट्टा व्यवसायीको सरकारसंग माग

कांचो इट्टामा विमाको व्यवस्था गर्न इट्टा व्यवसायीको सरकारसंग माग

बुटवल
इट्टा व्यवसायीले कांचो इट्टामा विमाको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।कांचो इट्टामा विमा नहुंदा इट्टा उद्योगहरु थप संकटमा परेकाले इट्टा व्यवसायीले कांचो इट्टामा विमाको व्यवस्था मिलाई दिन सरकारसंग माग गरेका हुन् ।
सबै क्षेत्र र व्यवसायमा विमा हुने र कांचो इट्टामा विमा नभएकाले लगानी असुरक्षित बनेको व्यवसायीको गुनासो छ ।
लुम्बिनी ट्टटा उद्योग व्यवसायी संघ रुपन्देहीको बुधबार सियारीमा सम्पन्न २२ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले इट्टा व्यवसायीलाई हेर्ने राज्यको दृष्टि कोणमा परिवर्तन आउन नसकेको बताएका छन । नीजि क्षेत्रको लगानीबाट इट्टामा देशलाई आत्मनिर्भर बनाउन सफल इट्टा व्यवसायीले बैंक तथा वित्तिय संस्थाहरुबाट सहज रुपमा ऋण खान पनि समस्या भोग्नु परेको बताएका छन ।
कांचो इट्टामा विमाको व्यवस्था नहुंदा,राज्यको स्पष्ट नीति नियमको अभावका कारण व्यवसाय संकटमा देखेपछि बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्न आनाकानी गर्ने गरेको व्यवसायीको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी इट्टा व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष रतनकुमार गुप्ताले राज्यको नीति अष्पष्ट हुंदा इट्टा उद्योग र व्यवसायीको लगानी जोखिममा रहेको बताउनुभयो ।
इट्टा उद्योग व्यवसाय निकै जोखिमपूणर््ँा प्रकृतिको व्यवसाय भएपनि इट्टाबाट देशलाई आत्मनिर्भर बनाएर अर्थतन्त्रमा टेवा पुराउंदा पनि राज्यले व्यवसायीका समस्या बुझ्न नसकेको उहाँले बताउनुभयो ।
नेपाल इट्टा उद्योग महासंका केन्द्रिय उपाध्यक्ष सफरवली मियांले लकडाउन र बेमौसमी वर्षाका कारण कांचो इट्टा नोक्सान हुंदा नीजि क्षेत्रका व्यवसायीको करोडौ करोडको लगानी डुबेको बताउनुभयो । कांचो इट्टामा सरकारले विमाको व्यवस्था नगर्दासम्म इट्टा व्यवसायी जोखिमबाट उन्मुक्ति पाउन नसक्ने उहाँले बताउनुभयो ।
लुम्बिनी इट्टा उद्योग व्यवसायी संघ रुपन्देही अध्यक्ष थानेश्वर घिमिरेले प्रकृतिको जोखिम, कामदारको अभाव, महङो व्याजको ऋण र राज्यको असहयोगका कारण इट्टा व्यवसायी समस्यामा परेको बताउनुभयो । कार्यक्रममा रुपन्देही उद्योग संघका उपाध्यक्ष दिलिप सापकोटा, लुम्बिनी इट्टा उद्योग व्यवसायी संघ रुपन्देही सचिव रमेश खनाल, इट्टा व्यवसायी प्रदेश ५का सल्लाहकार टंकनाथ अधिकारी लगायतले बोल्दै लकडाउन, प्रकृतिको प्रकोप, महङो कच्चा पदार्थ र कामदारको अभावले व्यवसाय जोखिममा रहेकाले यसप्रति गम्भीर बन्न सरकारसंग माग गर्नुभयो । थानेश्वर घिमिरेको अध्यक्षता र अजयकुमार गुप्ताको सञ्चालनमा कार्यक्रम भएको हो । सोही समारोहमा पत्रकार माधव ढुंगानालाई लुम्बिनी ट्टटा उद्योग व्यवसायी संघ रुपन्देहीले नगदसहित सम्मान गरेको थियो ।

प्रकाशित मिति : बुधबार, माघ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij