संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको चेतावनी

संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको चेतावनी

बुटवल
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने चेतावनी दिनु भयो ।
सरकारको संसद विघटनको कदम असंबैधानिक ,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै अध्यक्ष केसीले यो कदम नसचिए २०६२।६३को आन्दोलनका उपलब्धी गुम्ने खतरा बढेको दावि गर्नु भयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले विहिवार बुटवलमा आयोजित प्रतिनिधी सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न विषयक अन्र्तक्रियामा वोल्दै उहाँले सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताउनुभयो ।
ओली र प्रचण्डको स्वार्थ पुरा नहुंदा देश दुर्घटनातर्फ उन्मुख भएको समेत उहाँले बताउनुभयो ।
अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरित भएको उल्लेख गर्दै उनीहरु जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण विभाजित भएको बताउनुभयो ।
अध्यक्ष केसीले गणतन्त्रमाथी ३ वटा शक्तिवाट खतरा बढेको भन्दै पहिलो राजावादी , दोस्रो विदेशी हिन्दु अतिवादी र तेस्रो वामपन्थी संकिर्णवादी शक्तिवाट हमला भएको खुलासा गर्नु भयो ।
वामपन्थी संकिर्णवादी शक्तिहरुको नियत प्रतिगामी नभएपनि उनिहरुको गणतन्त्रमाथीको हमलाबाट अन्तमा राजावादीहरुको आन्दोलनलाई नै मद्दत पुग्ने निश्चित भएको उहाँले ठोकुवा गर्नु भयो ।
मुलुकमा स्थिर सरकार कायम राख्न, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न तथा प्रतिगमनकारी शक्तिको कदमलाई परास्त गर्नका लागि अग्रगमनका पक्षधर शक्तिहरुका बीच कार्यगत एकता गरि संयुक्त आन्दोलनलाई अगाडी बढाउनु आजको राष्ट्रिय आवश्यकता भएको अध्यक्ष केसीले जोड दिनु भयो ।
हाल सम्मका उपलव्धीहरुको रक्षागर्नु प्रमुख दायित्व भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
संघीयता असफल सिद्व भैसकेको बताउंदै हिजो संघीयता ल्याउन मरेहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिड्न थालेको उहाँले टिप्पणी गर्नु भयो ।

प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij