संसद पुनःस्थापनाले मात्रै संविधान जोगिन्छ र अर्को ओलीको जन्म हुन्न : घनश्याम भुसाल

संसद पुनःस्थापनाले मात्रै संविधान जोगिन्छ र अर्को ओलीको जन्म हुन्न : घनश्याम भुसाल

बुटवल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुसालले संसद विघटनलाइ अदालतले सदर गरे हालको व्यवस्था प्यारालाइज्ड हुने र न्यायपालिकामाथि आक्रमण शुरु हुने बताएका छन ।

मंगलबार रुपन्देहीको ड्राइभरटोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थायी कमिटी सदस्य भुसालले प्रधानमन्त्री केपि शर्मा ओलीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाइ सदर गर्न नहुँने बताएका हुन । ‘प्रतिनिधि सभा विघटन सदर भयो भने यो व्यवस्था प्यारालाइज्ड हुन्छ र न्यायपालिकामाथि आक्रमण शुरु हुन्छ’ पुर्व कृषि मन्त्री समेत रहेका भुसालले भने । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासंग बदला लिन प्रम ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै उनले संविधानको रक्षा गर्दै कार्यपालिका र व्यवस्थापिकालाइ ठिक स्थानमा राख्ने दायित्व अदालतको भएको बताए । ‘संसद पुनःस्थापनाले मात्रै संविधान जोगिन्छ र भविष्यमा अर्को केपी ओलीको जन्म हुन्न’ भुसालले भने ।

अदालतको स्वतन्त्रता र स्वच्छताका लागि आफ्नो पार्टीले आन्दोलन गरेको उल्लेख गर्दै उनले भने ‘कुनै प्रकारको सेटिङले अदालतलाई प्रभावित नगरोस भन्ने मात्रै हाम्रो आशय हो,सेटिङ नै भएको छ भन्ने दावी होइन’ । सिद्धान्त, विचार,दृष्टिकोण र व्यवहारमा ओली समुह भन्दा आफुहरु बेटर र प्रगतिशील रहेको उनले दावी गरे । भुसालले एमालेको नवौं महाधिवेशनले विचार एउटाको पास गरेर नेता अर्को निर्वाचित गर्दा अहिलेको दुर्घटना भएको पनि उल्लेख गरे ।

अन्तरक्रियामा केन्द्रीय सदस्य ठाकुर गैरेले अहिलेको आन्दोलन संविधान, गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलन भएको बताए । कार्यक्रममा अग्रज पत्रकार बालकृष्ण चापागाई, प्राध्यापक डा. माधव पन्थी,लेखक ऋषि आजाद, मदनलाल पौड्याल, लिलाबल्लभ ढकाल,सिद्धिचरण भट्टराई, पत्रकार माधव नेपाल,शरण कर्माचार्य,भुवन कार्की,गुनाराम घिमिरेले लगायतले बोल्दै यसअघिका संसद विघटन अलोकतान्त्रिक भएपनि संवैधानिक भएको तर यसपटकको विघटन असंवैधानिक र प्रतिगामी भएकाले संयुक्त आन्दोलनमा जोड दिए ।

 

 

प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij