नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सुरु

नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सुरु

बुटवल।
नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा शुक्रबारदेखि सुरु भएको छ ।

महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक फकरुद्यिन खाँ ले राज्य र निजी क्षेत्रबीच हातेमालो गरेर अगाडी बढ्ने वातावरण नबनेसम्म मुलुकको समृद्धि असम्भव रहेको बताउनुभयो ।

उद्योगि व्यवसायीले राज्यलाई सत्रु ठान्ने र राज्यले व्यवसायीलाई चोर देख्ने प्रबत्ति रहेको भन्दै प्रमुख सचेतक खाँ ले त्यस्तो प्रबृत्तिको अन्त्य गरेर हातेमालो गरेर अगाडी बढ्ने वातावरण नबन्दासम्म मुलुकको समृद्धि असम्भव रहेको बिचार व्यक्त गर्नुभयो ।

समृद्धिको सूचक विकास निर्माण भएको भन्दै उहाँले विकास निर्माणमा नभैनहुने ढुंगा,गिट्टी र बालुवाको उत्खनन् र बिक्रि बितरणमा अघोषित रुपमा प्रतिबन्ध लगाउने कार्यले मुलुकको समृद्धि नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा पुर्व मन्त्री सम्भुलाल श्रेष्ठले राज्यले चाहेर पनि क्रसर उद्योग बन्द गराउन नसक्ने भन्दै जनतासँग प्रत्यक्ष जोडिएको क्रसर उद्योग बन्द गरिए जनताहरु आफै सडकमा उत्रने बताउनुभयो ।

महासंघका अध्यक्ष उमेश सेरचनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज बिक,उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य श्रीकृष्ण वैद्य,महासंघका वरिष्ठ उपाध्यक्ष सिताराम न्यौपाने,उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा,महासंघका लुम्बिनी प्रदेश अध्यक्ष गोपाल ज्ञवाली,निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझी,महासंघका सल्लाहकार दीपक भण्डारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

५५ जिल्लाका १५२ जना प्रतिनिधि सहभागि अधिवेशनले आगामी ३ वर्षका लागि नेतृत्व चयन गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij