काठमाडौँमा बर्ड फ्लु

काठमाडौँमा बर्ड फ्लु

काठमाडौँ – काठमाडौँमा बर्ड फ्लू देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं- ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो ।

पशु सेवा विभागका अनुसार त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा बर्ड फ्लु रोग पुष्टि भएको हो । रोग अन्यत्र फैलन नदिन रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी नष्ट गरिएको छ ।

यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हो । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागको भनाई छ । विभागले नेपालमा बर्ड फ्लूको जोखिमलाई ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रण सम्बद्ध निकायहरुलाई सतर्क अवस्थामा राखेको समेत जनाएको छ ।

प्रकाशित मिति : आइतबार, माघ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij