पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसै गरी, आज थप २ सय ७२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल २ हजार १ सय ८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ३५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij