दुई दिने सामुहिक चित्रकला प्रदर्शनी२०७७ सम्पन्न

दुई दिने सामुहिक चित्रकला प्रदर्शनी२०७७ सम्पन्न

बुटवल ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागको आयोजनामा बुटवलमा दुई दिने ुसामुहिक चित्रकला प्रदर्शनी(२०७७ु मंगलबार सम्पन्न भयो ।प्रदर्शनीमा नेपाली परम्परागत पौभा र थाङ्का चित्रकलाका प्रशिद्ध दिवङ्गत तथा वर्तमान चर्चित कलाकारहरूका कलाहरू राखिएका थिए ।
प्रदर्शनीको उद्घाटन समारोहमा नेपाल ललितकला विभाग, परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धि बहादुर गुरूङले परम्परागत कला र आधुनिक कलाकारबीच अन्तरक्रिया गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको बताए । पौभा चित्र प्रदर्शनी गर्न चित्रकला बिग्रिने जोखिम रहेको हुॅदा सोही चित्रको छापेर प्रदर्शनी गर्न सहज भएको बताउॅदै प्राज्ञ बुद्धिबहादुर गुरूङले नेपाली पौभा चित्र विदेशमा लोकप्रिय र प्रशिद्ध भए पनि नेपाली बीच चिनाउनु आवश्यक रहेको बताए ।
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष देवेन्द्र थुम्केली स्थानीय पाठ्यक्रममा स्थानीय कला र प्रविधिलाई प्राथामिकता दिनुपर्ने चर्चा गर्दै भक्तपुर नपाले कला र संस्कृतिको लागि बजेट छुट्याएको अनुकरणीय छ भने। अध्यक्ष थुम्केलीले ुपरम्परागत नेपाली चित्रकलाको वर्तमान अवस्थाु र ुनेपालमा कला शिक्षाु विषयक दुई कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, कलाकारहरू मन गोल्डी, पूर्ण ह्योजू, उदयचन्द्र श्रेष्ठ, एचबी रम्तेल, पत्रकार सुन्दर वासी, बुनपा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले नेपाली कलाको विकासबारे टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, माघ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij