अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र : स्वास्थ्य मन्त्रालय

अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र : स्वास्थ्य मन्त्रालय

काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि सरकारी अस्पताललाई मात्र कोरोना उपचार अस्पतालका रुपमा तोकिएको जनाएको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा जागेश्वर गौतमले कोरोना सङ्क्रमितको उपचारका लागि आजदेखि लागु हुने गरी सरकारी अस्पतालहरूलाई मात्र कोरोना सङ्क्रमणको उपचार अस्पतालका रुपमा तोकी सेवा प्रवाहको व्यवस्था गरिएको जानकारी दिए ।

यस अघि कोभिड अस्पतालका रुपमा तोकिएका मेडिकल कलेजहरूमा आजसम्म भर्ना भई उपचाररत सङ्क्रमितहरूको आजका मितिले १० दिनसम्मको मात्र शोधभर्ना उपलब्ध गराइने जानकारी गराए ।

यस्तै, आजदेखि सरकारी प्रयोगशालाहरूमा कोरोना सङ्क्रमणको पीसीआर परीक्षणको लागि प्रति परीक्षण १ हजार रुपैयाँ निर्धारण गरिएको प्रा डा गौतमले बताए ।

प्रा डा गौतमले कोरोना विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो प्राथमिकताको खोप अभियान यही फागुन २ गते देखि सञ्चालन हुने जानकारी दिए । दोस्रो चरणको प्राथमिकतामा खोप प्राप्त गर्नेहरूको सूची मन्त्रालयको वेबसाइटमा राखिने समेत प्रवक्ता प्रा। डा। गौतमले जानकारी दिए ।

त्यसै गरी, आज थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५ सय ६७ वटा नमुनाको परीक्षण गर्दा ७१ पुरुष ६३ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट आज १ सय १८ जना निको भएका छन् । सङ्क्रमणबाट हालसम्म २ लाख ६८ हजार ५ सय ४९ निको भइसकेका छन् ।

देशभर रहेका १ हजार ७ सय ५३ सक्रिय संक्रमित मध्ये ७२ जनाको आइसियु र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, माघ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij