प्रतिनिधि सभा विघटन मुद्दा : पक्ष र विपक्षको बहस सकियो, संसद् बैठकको मिति नै तोक्न माग

प्रतिनिधि सभा विघटन मुद्दा : पक्ष र विपक्षको बहस सकियो, संसद् बैठकको मिति नै तोक्न माग

काठमाण्डौ – प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि रिट निवेदक र सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । बिहीवार सरकारी र सभामुख अग्नि सापकोटाका तर्फबाट बहस भएको हो ।
अब शुक्रवार भोलि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि एमिकस क्युरीको बहस सुरु हुनेछ । अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।

बिहीवार सभामुख अग्नि सापकोटाका तर्फबाट बहस गरेका अधिवक्ता श्रीकृष्ण सुवेदी, लव मैनाली र श्यामप्रसाद खरेलले संसद्ले प्रधानमन्त्री ओलीलाई पूर्ण सहयोग गरे पनि व्यक्तिगत स्वार्थका लागि उहाँले विघटन गरेको तर्क गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार नदिएको पनि बताएका छन् ।

मैनालीले सर्वोच्चले नै प्रतिनिधि सभा पुनर्स्थापना गरेर बैठकको मितिसमेत तोक्नुपर्ने माग गरेका छन।
यस्तै प्रधानमन्त्रीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीलाई संविधानले राजा र राणा प्रधानमन्त्रीलाई जत्तिकै अधिकार दिएकाले प्रतिनिधि सभा विघटन संविधानसम्मत नै रहेको जिकिर गरे।
यस्तै अर्का वकिल धर्मराज रेग्मीले प्रधानमन्त्रीले संसदबाट सहयोग नपाएको कारण विघटन गरेको तर्क गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले चुनावबाट दुई तिहाइ जनमत आएन भने फेरि संसद् विघटन गरिदिने भन्दै प्रश्न गरेका छन।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको खारेज र पुनर्स्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।

प्रकाशित मिति : बिहिबार, माघ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij