५७ जनामा कोरोना सङ्क्रमण पुष्टि,१३३ जना कोरोना सङ्क्रमणमुक्त

५७ जनामा कोरोना सङ्क्रमण पुष्टि,१३३ जना कोरोना सङ्क्रमणमुक्त

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय जनाको पीसीआर परीक्षण भएकोमा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३३ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ९ सय २९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण दुई हजार ५४ जनाले ज्यान गुमाएका छन् भने अहिले एक हजार ६ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij