बुटवल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समुहले बुटवलमा शक्ति प्रदर्शन गर्यो । बुटवल स्थित सिद्धेश्वर उच्च माविको प्राङ्गणमा भएको जनसभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाइ जनसभा कस्तो हुन्छ हेर्न बुटवल बोलाए । सम्बोधनको सुरुवातमै उनले केही दिन अघि देशभरबाट केही मान्छे जम्मा गरेर आफुलाइ ललकार्नेहरुलाइ बुटवलको जनसभाले जवाफ दिएको बताए । बुटवलको जनसहभागीतालाइ आउदो चुनावको स्वागतकालागि जनताले दिएको जनमतको रुपमा व्याख्या पनि गरे ।
प्रतिकुलताका बावजुद देश विकासमा अगाडी बढीरहदा सरकारै ढाल्न षडयन्त्र गरेपछि संसद बिघटन गर्नु परेको बताए । व्यक्तिगत फाइदा र पदकालागि आफुलाइ असफल बनाउने षडयन्त्र गरेपछि ताजा जनादेशमा जानु परेको बताए । आफनो गुमेको भुभाग समेटिएको नक्सा पास गरेपछि प्रचण्डहरु आत्तिएर सरकार गिराउने खेल खेलको आरोप ओलीले लगाए ।
प्रम ओलीले संविधान सम्मत रुपमै बहुमतको सरकारको प्रधानमन्त्रीको हैसियतले संसद बिघटन गरेको बताए । ‘अनुचित समिकरण गर्ने र आफुलाइ कामै गर्न नदिइ देशलाइ अलोकतान्त्रिक पद्यती तर्फ धकल्न आफनै भित्रबाट षडयन्त्र भएपछि संसद बिघटन गर्नु परेको प्रम ओलीले बताए ।
अदालतले फैसलाले देशलाइ अस्थिरता तर्फ फर्कन नदिने पनि उनले बताए । ससद पुनस्र्थापना भए कुनै पार्टीको बहुमत नरहने हुँदा मुलुक अस्थिरतामा फस्ने र लोकतन्त्रको हुर्मत लिइने बताए । संसद पुनस्थापना भए संसद किनबेचको खेल हुने दावी उनको थियो । सरकारले तोकेकै समयमा चुनाव गराउने भन्दै उनले आफनो पार्टीले बहुमत ल्याउने दावी गरे ।
दाहाल–नेपाल पक्षलाइ लक्षित गर्दै उनले भने ‘ उहाँहरुले मान्छे हेर भन्नु हुन्छ । म भन्छु मान्छे मात्रै किन हेर्ने बाकसबाट मतपत्र झिकेरै गनौला नी’ । ‘५० लाख समानुपातिक मत ल्याएर देखाउछौ । प्रत्यक्षमा बहुमत सिट ल्याउछौं । त्यो घटाएर देखाएभयो नी । किन आत्तेको,चुनावबाट,किन तर्सेको’ प्रम ओलीले भने ।
युवा महिला बालबालिालाइ आन्दोलनमा होमेर सत्तामा पुग्ने भरयाङ बनाएका प्रचण्डहरु बिकल्प हिन भएपछि अताल्लीएको दावी उनले गरे । उनले पूर्वजनमुक्ति सेनाका माग सम्बोधन गर्ने आश्वासन दिए । शरीरमा गोली बोकेकालाइ उपचार गराउने योग्यता अनुरुप रोजगारी, राहत सम्मान परिचयपत्र को व्यवस्था राजनीतिक नियुक्तिमा समावेस गर्ने बताए ।
सुर्य चिन्न कस्को भन्ने विवादको बिषय नै नभएको भन्दै आफनै पार्टीले पाउनेमा ढुक्क हुन कार्यकर्तालाइ आग्रह गरे । तीन बर्ष पार्टीलाइ हल न चल बताएका गलत व्यक्तिहरु बाहिरीएपछि पार्टी गतिशिल भएको दावि गरे । गलत तत्व बाहिरीएपछि पार्टी सुद्धिकरण भएको र एकताबद्ध रुपमा अगाडी बढेको बताए
नक्सामा आफनो भुभाग समेटेको चिन तर्फबाटो खोलेको,तुइनमुक्त गरेको नेपाललाइ नयाँ डिजिटल एरा, सुरुङ्गमार्गमा प्रवेस गराएको,शिक्षा, स्वास्थ्य,रोजगारीको क्षेत्रमा आमुल परिवर्तन गरेको दावी गरे । बर्णनै गरेर साध्न नहुँने गरी तीन बर्षमा विकासको लहर ल्याएको, भ्रष्टाचार नियन्त्रण गर्दै विपत्तै सुशासन कायम गरेको दावी दोहोर्याए । भ्रष्टाचारी र सार्वजनिक सरकारी जग्गा हडप्ने भुमाफीयाहरुलाइ कारबाही गरेरै छोड्ने बताए ।
तीन बर्ष सम्म सरकारले पक्राउ गर्न नसकेको निर्मला हत्या काण्डका अपराधीलाइ पानीमुनी पुगेपनि नछोडने बताए । निमर्ला, भागीरथी हत्याकाण्ड सरकारलाइ बदनाम गराउने तत्वले घटाएको भन्न चुकेनन । सरकारलाइ बदनाम गराउन अपराधि तत्व सक्रिय रहेको भन्दै उनले महिला बालबालिकामाथि हत्या हिंसाका कुनै घटना हुन नदिने बताए ।
गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको नामै भुलेका उनले लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल, बुटवल–नारायणघाट ४ लेन सडक,लुम्बिनी–कपिलबस्तु चारलेन, लुम्बिनीको ५ हजार अट्ने ध्यान केन्द्र, सिद्धबाबाको सुरुङ्ग मार्ग,लगायतका विकासका काम अगाडी बढेको र केही त आफैले सिलन्यास गरेको गर्वका साथ सुनाए । उनले सिलन्यास गरेका अधिकाँस आयोजना भने पछिल्लो तीन बर्षमा कुनै ३ प्रतिशत त कुनै १०÷१५ प्रतिशतमात्रै काम भएको छ । तर उनले विकासमा भएको ढिलासुस्तीका बारेमा सम्बन्धित निकायलाइ सचेत गराउन एक शब्द पनि खर्चेनन ।
जनसभा अघि प्रम ओलीले बुटवल–बसन्तपुर केबलकारको पनि सिलन्यास गरेका थिए ।
पार्टी फुटेको छैन: पौडेल
पार्टीमा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले नेता पौडेलले आफनो पार्टी नै नफुटेको दावी गरे। ओलीको पक्षमा स्पष्ट जनमत रहेको पुष्टि बुटवलको सभाले दिएको भन्दै पार्टी फुटेको नभइ केही स्वार्थी तत्वहरु बाहिरीएको बताए ।
बैशाखमा हुने निर्वाचन दुनियाको कुनैपनि तागतले नरोक्ने उनले बताए । पौडलले तोकीएकै मितिमा चुनाव हुने र फेरीपनि देशको नेतृत्व ओलीले नै गर्ने दावी गरे । उनले पार्टीको नेतृत्व पनि ओलीले गर्ने उल्लेख गरे ।
माधव नेपालको ढाडमा टेकेर प्रम ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड पछारीएर:पोखरेल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्न खोज्द पछारीएर सडकमा पुगेको दावी गरे । प्रधानमन्त्री,राष्ट्रपति या पार्टीको अध्यक्ष बन्ने इच्छा भए जनताको मन जित्न चुनौती दिए ।
पोखरेलले आफुहरुसंग विकास र समृद्धिका एजेण्डा रहेकाले लुम्बिनी प्रदेशका सबै जिल्लामा जितको झण्डा फहराउने दावी गरे । पोखरेलले जनयुद्धको उदगम स्थल रोल्पा रुकुममा ओलीकै नेतृत्वमा जितको झण्डा फहराउने उदघोष पनि गरे ।
प्रचण्ड–माधवहरु बिकल्पहिन सडकछाप हुन ःरायमाझी
उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–माधवहरु सडक छाप भएको भन्दै उनीहरुसंग कुनै बिकल्प नभएको बताए । निर्वाचन आयोगले एक नम्बर अध्यक्ष केपि शर्मा ओलीको सिग्नेचरलाइ मात्रै चिनेको र बुझेको भन्दै उनले आयोगले स्पष्ट रुपमा ओली समुहलाइ मान्यता दिएको दावी गरे । ‘ प्रचण्डमा अझैपनि युद्धको धङधङी रहेको भन्दै उनले प्रचण्ड–माधव समुह बिकल्पहिन भएपछि मांसाहारी आन्दोलनमा लागेको आरोप लगाए ।
बुटवलको जनसभाले जनता प्रधानमन्त्री ओली र ओलीले चालेका कदमका पक्षमा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेताहरु छविलाल विश्वकर्मा, राधा ज्ञवाली लगायतका नेताहरुले पद सम्मान र सुखसयलकालागि प्रचण्डले सडकमा तमासा देखाएको आरोप लगाए ।
प्रचण्ड–माधव समुहले माघ २८ गते काठमाण्डौमा बिरोधसभा गरेपछि त्यसको जवाफ स्वरुप बुटवलमा ओली समुहले शक्ति प्रदर्शन गरेको हो । जनसभाकालागि केही दिन देखि प्रदेशका कामकाज थाँती राखेर मुख्यमन्त्री शंकर पोखरेल खटिएका थिए । भेलामा रुपन्देही लगायत प्रदेशका बाह्रै जिल्लाबाट हजारौं कार्यकर्ता बुटवल उतारीएको थियो । रुपन्देहीमा १६ वटै पालिकामा पार्टीले अनिबार्य सहभागीकालागि उर्दी जारी गरेको थियो । सरकार नै शक्ति प्रर्दशनमा उत्रेपछि शनिबार दिनभर जसो बुटवलको ट्राफिक अस्तव्यस्त बन्दा जनताले भने शास्ती । जनसभामा सहभागीताकालागि केहीलाइ पैसा र सुकुम्बासी बस्तीका जनतालाइ जग्गाको लालपुर्जा दिलाइ दिने प्रलोभनमा पारेर कार्यकर्ता बुटवल उतारीएको पनि बताइएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्