बुटवल । नेपाली कांग्रेस रुपन्देहीले पार्टिले आयोजना गरेको विरोध सभामा व्यापक सहभागिता भएको भन्दै आभार प्रकट गरेको छ । पार्टिका जिल्ला सभापती अब्दुल रज्जाकले एक विज्ञप्ती जारी गर्दै रुपन्देही जिल्लाको विरोध सभा ऐतिहासिक भएको भन्दै सहभागि पार्टिका कार्यकर्ता तथा शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरिएको छ । पार्टि सभापती शेर वहादुर देउवाको प्रमुख आतिथ्यतामा भैरहवामा विरोध सभा भएको थियो । सभामा हजारौंको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसले पुस ५ गतेपछि गरेका विरोध सभाहरु मध्ये सोमवारको सभामा सहभागिता निकै वढि रहेको थियो ।
नेपाली कांग्रेसको विचार र दृष्टिकोट आजपनि सान्द्रभीक रहेको भन्दै सभापती रज्जाकले देशको परिर्वतनको नेतृत्व गरेको कांग्रेस अहिले पनि जनताको पार्टि भएको दावी गरेका छन् । उनले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरुमा सहभागिताका लागि बिशेष अनुरोध गरेका छन् । कार्यक्रमा रुपन्देही जिल्लाका १६ वटै स्थानिय तहका वडाहरुवाट कार्यकर्ताहरु भैरहवा पुगेका थिए । उनिहरुले सरकारको कदम असंवेधानिक भएको भन्दै नारावाजी समेत गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्