बुटवल
पत्रकार महिलाका लागि कानुनी सचेतना तालिम विहिवारदेखि बुटवलमा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सन्चारिका समूह रुपन्देहीको समन्वयमा भएको तालिमको उदघाटन गर्दै उपप्रमुख गुमादेबी आचार्यले कानुको अनवीज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताइन।
उनले उपमहानगरलाई समृद्ध बनाउन पुर्वाधार निर्माणसंगै भौतिक विकास आवस्यक हुने बताउदै पत्रकारलाई सचेत बनाउदा समाजमा सही सूचना जाने उल्लेख गरीन ।
स्थानीय सरकार र नागरिकबिच पुलको काम गर्ने भएकाले पत्रकारहरु धेरै विषयमा जानकार हुनुपर्ने बताइन ।सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले कुनैपनी विषय कानुन भन्दा बहिर नहुने भएकाले यो विषयमा सचेतना आवस्यक रहेको बताइन ।
तालिममा जिल्लाभरका ३७ जना पत्रकार महिलाको सहभागीता रहेको सन्चारिका समुहका अध्यक्ष निरु गौतमले जानकारी दिइन ।
दुई दिनसम्म चल्ने तालिममा उच्च सरकारी वकील कार्यालय बुटवलका सह न्यायाधीवक्ता मोहन सागर बस्याल, कानुन सचीव राजेन्द्र थापा र कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानुनमा भएका ब्यवस्था, स्थानीय सरकारका काम कर्तव्य अधिकार, मुलुकी देवानी संहिता लगायतका विषयमा प्रशिक्षण दिएका छन ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्