बुटवलको सिद्धार्थ क्याम्पसमा ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन

बुटवलको सिद्धार्थ क्याम्पसमा ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन

बुटवल – बुटवल स्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसको प्राणगडमा नेपाल विद्यार्थी संघ इकाई समितीले एक कार्यक्रमको आयोजना गरि ज्ञातअज्ञात सहिदको बलिदान स्वरुप नेपाली नागरिकले पाएका विभिन्न हक र अधिकारको मनन गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका सभापती महेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नेबी संघ सिद्धार्थ क्याम्पसका संस्थापक सभापती एबम विद्यार्थी आन्दोलनका नायक बिनोद घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

May be an image of 8 people, including Từ Nhung and Suraj Chhetri, people sitting, people standing, fire and outdoors

इकाई समितीका उपसभापति एबम कार्यक्रम संयोजक अर्जुन खत्रीले स्वागत मन्तव्य राख्दै प्रजातन्त्र प्राप्तीमा नेपाली कांग्रेस र भातृ संगठन नेपाल विद्यार्थी संघले कोरेको रोड म्याप अनुरुप देशमा नौलो आयाम सृजना भएको समेत बताएका थिए । त्यस्तै प्रमुख अतिथी बिनोद घिमिरेले केपी वली सरकारले प्रजातन्त्रलाई निमोठेर देखाएको छाडातन्त्र , संविधान बिरोधी गतिविधिहरुका कारण देशमा बामपंथी बादको सुरुवात संगै हर्कत र रबैया प्रस्तुत गरेको बताउदै कम्युनिस्टले गर्दा नागरिकले पाएका विभिन्न हक र अधिकार समेत धरापमा पर्दै गैरहेको बताएका थिए ।

No photo description available.

त्यस्तै कार्यक्रमका अध्यक्ष एबम इकाई सभापती महेश पौडेलले दिप प्रज्वलन गर्दै नेपालको संविधानलाई खिलाप उडाउने कम्युनिस्ट सरकारले देशलाई आघात पुर्याएको बताएका थिए । उनले जंगलमा आश्रय लिरहेका कम्युनिस्टलाई कांग्रेसले सदनमा ल्याएर सत्ता समेत हस्तान्तरण गर्दापनी झनझन देशको गौरव र इतिहास माथीनै नराम्रो संग प्रहार गरेको बताएका थिए । उनले स्ववियुको निर्वाचनलाई सम्झदै विद्यार्थीका हक र अधिकार प्राप्त गर्ने बाटोलाई नै रोकेर क्याम्पसलाई भाडभैलो गर्ने थलोको रुपमा प्रयोग गरेको बताउदै नेवीसंघ सबै विद्यार्थीको साझा संस्था भएको र खुलेर नेवीसंघमा आवद्ध भइ आफ्ना क्षमता प्रस्तुत गर्न विद्यार्थी माझ आग्रह समेत गरेका थिए ।

May be an image of 5 people, including Laxman Pandey, people standing, people sitting, fire and outdoors

कार्यक्रममा नेबीसंघ सिद्धार्थ क्याम्पसका पुर्व सचिब शसिराज बेलबासे , विद्यार्थी नेता अर्जुन गौतम , नेबी संघ बाणिज्य क्याम्पसका इकाई सभापति सुरज क्षेत्री , नेबी संघकी चर्चित नेत्री सृजना गिरी , सञ्चारकर्मी एबम विद्यार्थी नेता सुदिप पाण्डे , विद्यार्थी नेता किशोर खनाल लगायत विद्यार्थी संघ प्रती आस्थावान कयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन इकाई सचिब दिपक घिमिरेको रहेको थियो ।

May be an image of 5 people, people sitting, people standing, fire and outdoors

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij